ब्राजिललाई ठूलो झट्का, नेइमारले कोपा अमेरिका गुमाउने पक्का

एजेन्सी, जेठ २३
दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकाको मुखमा प्रमुख उपाधि दाबेदार ब्राजिललाई ठूलो झट्का लागेको छ । प्रतियोगिता सुरु हुन मात्रै ८ दिन बाँकी छँदा टोलीका प्रमुख खेलाडी नेइमार घाइते भएका छन् । र, उनले प्रतियोगिता गुमाउने प्रशिक्षक टिटेले पुष्टि गरेका छन् ।

नेपाली समयअनुसार बिहीबार बिहान कतारसँग भएको मैत्रीपूर्ण खेल दौरान नेइमार घाइते भएका हुन् । सो खेलमा नेइमार चोट बोकेर मैदान छाडेका थिए । सो खेल ब्राजिलले २–० ले जितेको थियो । नेइमारले खेलको २१औं मिनेटमा मैदान छाडेका थिए ।

नेइमारको दायाँ खुट्टामा चोट लागेको र उनले चोटकाकारण कोपा अमेरिका गुमाउने टिटले पुष्टि गरेका छन् । कतारविरुद्ध नेइतार घाइते भएपछि रुँदै मैदान छाडेका थिए ।

पछिल्लो समय लगातार चोटको सिकार भइरहेका नेइमार यअसघि प्रशिक्षणक्रममा घाइते भएर तीन दिन टोलीबाहिर रहेका थिए । ठीक भएर मैदान फर्किए पनि उनले पुनः चोट बोके ।

जुन १४ बाट ब्राजिलमा हुने कोपामा ब्राजिललाई प्रमुख उपाधि दाबेदार टिम मानिएको छ । सो समूहमा ब्राजिल समूह ‘ए’ मा छ । सो समूहमा बोलिभिया, पेरु र भेनेजुएला छन् ।

प्रकाशित मिति २३ जेष्ठ २०७६, बिहीबार १०:५९
Loading...