फिफा अध्यक्षको शिरमा नेपाली ढाका टोपी ! (फोटो फिचर)

काठमाडौं, जेठ २२
विश्व फुटबलको सर्वोच्च संस्था फिफाको नेतृत्व चयन गर्ने कार्यक्रमसहितको साधारणसभामा भाग लिन फ्रान्स पुगेका नेपाली अधिकारीले फिफा अध्यक्षलाई नेपाली ढाका टोपी लगाइदिए ।

आज फ्रान्समा भएको साधारणसभाबाट फिफा अध्यक्ष जियानी इन्फान्टिनो दोस्रो कार्यकालका लागि सर्वसम्मतले पुनः अध्यक्षमा निर्वाचित भए । उनी दोस्रो कार्यकाल अध्यक्षमा निर्वाचित भएपछि इन्फान्टिनोलाई नेपालबाट गएका एन्फाका पदाधिकारीले ढाका टोपी लगाएर बधाई दिएका थिए ।

आज भएको ६९औं फिफा कंग्रेसको सम्मेलनपछि इन्फान्टिोनालाई नेपालका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उनलाई ढाका टोपी लगाएर बधाई ज्ञापन गरेका हुन् ।

नेपालबाट एन्फा अध्यक्ष शेर्पासहित वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष वीरबहादुर खड्कालगायत सहभागी थिए ।

प्रकाशित मिति June 5, 2019
Loading...