इन्फान्टिनो पुनः फिफा अध्यक्षमा निर्वाचित

एजेन्सी, जेठ २२
विश्व फुटबलको सर्वोच्च संस्था फिफाको अध्यक्षमा पुनः जियानी इन्फान्टिनो निर्वाचित भएका छन् । उनी आज आगामी चार वर्षे कार्यकालका लागि दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

आज फ्रान्सको पेरिसमा भएको फिफाको वार्षिक साधारणसभाले इन्फान्टिनोलाई दोस्रो कार्यकालका लागि सर्वसम्मतले पुनः अध्यक्षमा निर्वाचित गरेको हो । हाल ४९ वर्ष पुगेका इन्फान्टिनोले अब सन् २०२३ सम्मका लागि फिफाको नेतृत्व सम्हाल्नेछन् ।

इन्फान्टिनो सन् २०१५ मा फिफा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला तात्कालीन अध्यक्ष सेप ब्लाटर भ्रष्टाचार काण्डमा फसेपछि उनी निलम्बनमा परेका थिए ।

फिफाको अध्यक्षमा निर्वाचित भएसँगै इन्फान्टिोले विश्व फुटबलमा केही ठूला योजना ल्याएका थिए । सन् २०२६ को विश्वकपमा ३२ बाट बढाएर ४८ देशलाई खेलाउन प्रस्ताव पनि उनैले ल्याएका थिए ।

प्रकाशित मिति २२ जेष्ठ २०७६, बुधबार १३:०३
Loading...