मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली चाइनिज ताइपेई पुुग्यो

काठमाडौं, जेठ २२
नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबल खेल्न चाइनिज ताइपेई पुगेको छ । नेपाली टोली मंगलबार मलेसियाबाट सोझै त्यहाँ पुगेको हो ।

नेपालले चाइनिज ताइपेईसँग बिहीबार मैत्रीपूर्ण खेल खेल्दैछ । पूर्वनिर्धारित तालिकाअनुसार नेपालले मलेसयिासँग पहिलो खेल खेलिसकेको छ । सो खेल नेपालले २–० ले हारेको थियो ।

त्यसपछि नेपालले चाइनिज ताइपेईसँग दोस्रो खेल बिहीबार खेल्दैछ । नयाँ प्रशिक्षक योहान कालिनको नेतृत्वमा नेपालले तीन खेल खेलिसकेको छ । नेपालले यसअघि कुवेतसँग दुई खेल पनि खेलिसकेको छ ।

प्रकाशित मिति २२ जेष्ठ २०७६, बुधबार १२:१९
Loading...