एजेन्सी, जेठ २२
उपाधि दाबेदार मानिएका टिमहरू अर्जेन्टिना, फ्रान्स र जापान एकै राति फिफा यु–२० विश्वकप फुटबलबाट आउट भएका छन् । गत राति भएका अन्तिम १६ को खेलबाट अर्जेन्टिना, फ्रानस र जापान एकसाथ आउट भएका हुन् ।
जहाँ जापानलाई साउथ कोरियाले १–० ले हराएर क्वार्टफाइनल पुग्यो भने युएसएले फ्रान्सलाई ३–२ ले निराश बनायो ।
अर्को खेलमा मालीले उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई पेनाल्टी सुट आउटमा ५–४ ले निराश बनायो ।
यससँगै अब प्रतियोगिताको अन्तिम आठमा पुग्ने सबै टिमको टुंगो लागेको छ । अब अन्तिम आठका खेलहरू २ दिन पछि हुनेछन् ।
यस्तो छ अन्तिम आठको ड्र :
- कोलम्बिया भर्सेस युक्रेन
- इटाली भर्सेस माली
- युएसए भर्से इक्वेडर
- साउथ कोरिया भर्सेस सेनेगल