अर्जेन्टिना विश्वकपबाट आउट, पेनाल्टीमा अभागी !

एजेन्सी, जेठ २२
प्रमुख उपाधि दाबेदार टिम अर्जेन्टिना फिफा यु–२० विश्वकप फुटबलबाट आउट भएको छ । अन्तिम १६ अन्तर्गत गत राति भएको खेलमा मालीले अर्जेन्टिनालाई पेनाल्टी सुट आउटमा ५–४ ले स्तब्ध बनायो ।

पोल्यान्डमा भएको खेलको निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरी र थप ३० मिनेटको समयमा २–२ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । जहाँ मालीले ५–४ ले अर्जेन्टिनालाई स्तब्ध बनायो ।

पेनाल्टी सुटआउटमा मालीले ५ वटै प्रहारमा गोल हान्यो भने अर्जेन्टिनाको पहिलो पेनाल्टी नै मालीका गोलरक्षकले बचाएपछि अर्जेन्टिना ५–४ ले स्तब्ध बनेको हो ।

त्यसअघि अर्जेन्टिनाका लागि खेलको ४९औं मिनेटमा एडोल्फो गाइकले गोल गरेका थिए । पछि ६७औं मिनेटमा मालीका लागि एब्डुलाए डाइबीले गोल गरेर खेल बराबरी बनाए ।

निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरी भयो । र, थप ३० मिनेटमा गयो । सोक्रममा ९१औं मिनेटमै अर्जेन्टिनाले उपहार गोल पायो । जहाँ मालीका गोलकर्ता डाइबीले नै आफ्नै पोस्टमा गोल गरेपछि अर्जेन्टिना २–१ ले अघि रह्यो ।

तर, खेलको १२० मिनेटपछिको इन्जुरी समयमा मालीका लागि बोउबोउ कोन्टेले गोल गर्दै खेल २–२ बनाएपछि खेल पेनाल्टीमा गएको थियो ।

प्रकाशित मिति २२ जेष्ठ २०७६, बुधबार ०२:०१
Loading...