काठमाडौं, जेठ २१
फिफा यु–२० विश्वकप फुटबल प्रतियोगितामा आज तीन खेल हुँदैछन् । पोल्यान्डमा जारी प्रतियोगितामा आज अन्तिम १६ का अन्तिम तीन खेल हुन लागेका हुन् ।
आज हुने पहिलो खेलमा जापान र साउथ कोरिया खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ ।
आजको अर्को खेलमा फ्रान्स र युएसए भिड्दैछन् । यो खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाटै सुरु हुनेछ ।
आजको अन्तिम खेलमा अर्जेन्टिना र माली खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति १२ः१५ बजेबाट सुरु हुँदैछ ।
यसअघि अन्तिम आठमा जाने ५ टोलीको टुंगो लागिसकेको छ । आज तीन खेल भएपछि अन्तिम आठको समीकरण पनि पूरा हुनेछ ।
यसअघि कोलम्बिया, युक्रेन, इटाली, इक्वेडर र सेनेगल अन्तिम आठमा पुगिसकेका छन् ।
प्रकाशित मिति २१ जेष्ठ २०७६, मंगलवार १२:२१