युइएफएद्वारा क्लबहरूको वरीयता सार्वजनिक : कसको स्थान कहाँ ?

एजेन्सी, जेठ २१
युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले क्लबहरूको नयाँ वरीयता सार्वजनिक गरेको छ । जसमा स्पेनिस रियल मड्रिड सबैभन्दा शीर्ष स्थानमा रहेको छ ।

यससँगै रियलले वरीयतामा लगातार पाँचौं वर्ष पनि शीर्ष स्थान कायम गरेको छ । त्यसपछि रियलको खास प्रतिस्पर्धी बार्सिलोना दोस्रो स्थानमा छ । यसपटक बार्सिलोना सेमिफाइनल र रियल अन्तिम १६ बाटै आउट भएका थिए । यसअघि लगातार तीन सिजन च्याम्पियन बनेको रियल पहिलो स्थानमा रहन सफल भयो ।

क्लबहरूले पाएको अंक र वरीयता :

  1. रियल मड्रिड (स्पेन) – १ लाख ४६ हजार
  2. बार्सिलोना (स्पेन) – १ लाख ३८ हजार
  3. बायर्न म्युनिख (जर्मनी) – १ लाख २८ हजार
  4. एथ्लेटिको मड्रिड (स्पेन) – १ लाख २७
  5. युभेन्टस (इटाली) – १ लाख २४ हजार
  6. म्यानचेस्टर सिटी (इंग्ल्यान्ड) – १ लाख ६ हजार
  7. सेभिल्ला (स्पेन) – १ लाख ४ हजार
  8. पिएसजी (फ्रान्स) – १ लाख ३ हजार
  9. आर्सनल (इंग्ल्यान्ड) – १ लाख १ हजार
  10. पोर्टो (पोर्चुगल) – ९३ हजार

देशतर्फ :

  • स्पेन – १ लाख ३ हजार ५ सय ६९ अंक
  • इंग्ल्यान्ड – ८५ हजार ४ सय ६२ अंक
  • इटाली – ७३ हजार ७ सय २५ अंक

प्रकाशित मिति २१ जेष्ठ २०७६, मंगलवार ०५:३०
Loading...