बार्सिलोनाको नयाँ जर्सी : रिसाए समर्थकहरू, विश्वभरबाट चर्को आलोचना !

एजेन्सी, जेठ २१
स्पेनिस महारथि क्लब बार्सिलोनाले नयाँ सिजन २०१९/२० का लागि आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ । क्लबले गत राति आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको हो ।

नयाँ जर्सी क्याटलानका आर्किटेक्ट डिजाइनर एन्टी गौडीले तयार पारेका हुन् । नयाँ जर्सी आजैबाट बिक्रीका लागि खुला गरिएको छ ।

नयाँ सिजनका लागि नयाँ जर्सी कप्तान लिओनल मेस्सी, जेरार्ड पिकेलगायत प्रमुख खेलाडीहरूले संयुक्त रूपमा गरेका थिए ।

बार्सिलोनाको नयाँ सिजनका लागि सार्वजनिक गरेको नयाँ जर्सीमा नीलो र रातो रङको संयोजनमा तयार पारिएको छ । यो बार्सिलोनाको पारम्परिक रङ झल्किनेखालको छ ।

त्यसैगरी, नयाँ जर्सीमा भएको अर्को विशेषता भनेको क्याटलन ध्वजालाई समेत संकेत गरिएको छ । यसअघिका जर्सीमा भने सो ध्वजा गर्धनको पछाडितर्फ रहन्थ्यो भने नयाँ जर्सीमा ‘भी’आकारमा अगाडिको भागमै राखिएको छ ।

बढ्यो आलोचना !

बार्सिलोनाले नयाँ जर्सी सार्वजनिक गरेसँगै विश्वभरका फ्यानहरूले भने चर्को आलोचना गरेका छन् । उनीहरूले नयाँ जर्सी परम्परागतभन्दा फरक र त्योभन्दा पनि बढी क्रोएसियाको राष्ट्रिय टिमको जर्सीबाट प्रेरित भएर बनाएको भन्दै चर्को आलोचना गरेका छन् ।

सामाजिक सन्जालमा फ्यानहरूले बार्सिलोनाको जर्सीलाई क्रोएसियाको जर्सीसँगका जोडेर मजाक उडाएका छन् । उनीहरूले क्लबले हालसम्मकै खराब जर्सी बनाएको भन्दै चर्को असन्तुष्टि जनाइरहेका छन् ।

प्रकाशित मिति २१ जेष्ठ २०७६, मंगलवार ०३:२८
Loading...