बालोन डि’ओर–२०१९ : प्रमुख दाबेदारहरूको नयाँ सूची सार्वजनिक

एजेन्सी, जेठ २०
सन् २०१९ को प्रतिष्ठित बालोन डि‘ओर अवार्डका लागि स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीलाई प्रमुख दाबेदार मानिएको छ । बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलबाटै आउट भए पनि मेस्सीलाई अझैसम्म सो अवार्डका लागि नम्बर वान दाबेदार मानिएको छ । यस्तो सर्वेाक्ष्ण सार्वजनिक भएको छ ।

च्याम्पियन्स लिग इंग्लिस क्लब लिभरपुलले जितेपछि डच डिफेन्डर भर्जिल भान डाइकलाई यो उपाधिको प्रमुख दोदारका रूपमा धेरैले चर्चा गरे पनि अझै पनि मेस्सी नै अगाडि छन् । ‘ओड्स’ ले सार्वजनिक गरेको नयाँ सर्वेक्षणअनुसार मेस्सीपछि भान डाइक दोस्रो नम्बरमा छन् ।

भान डाइकले लिभरपुललाई युरोपियन च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान दिएका छन् । कतिपयले भान डाइकलाई मेस्सीभन्दा प्रबल दाबेदार मानेका छन् ।

यस्तो छ सार्वजनिक नयाँ सूची :

प्रकाशित मिति २० जेष्ठ २०७६, सोमबार १५:५७
Loading...