मेस्सीलाई उछिन्दै रोनाल्डोको गोल ‘युइएफए गोल अफ् द सिजन’ घोषित !

एजेन्सी, जेठ २०
युइएफएले सिजन २०१८/१९ को सिजनभरका उत्कृष्ट १० गोल घोषणा गरेको छ । युइएफएको प्राविधिक टिमले सिजनभरिका गोलबाट उत्कृष्ट १० गोल छानेको हो ।

जसमा इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोल ‘युइएफए गोल अफ् द सिजन’ घोषित भएको छ । उनी आफ्ना खास प्रतिस्पर्धी स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीलाई पछि पार्दै सिजनकै उत्कृष्ट गोलकर्ता बनेका हुन् ।

३४ वर्षीय रोनाल्डोले समूह चरणमा आफ्नो घरमा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध गरेको दर्शनीय भली गोल गरेका थिए । लामो दूरीबाट मिरेलाम पियानिचले दिएको पासमा रोनाल्डोले वान टचमै आकर्षक भली प्रहार गर्दै गोल गरेका थिए ।

मेस्सीपछि दोस्रो नम्बरमा बार्सिलोनाका मेस्सी छन् । उनले सेमिफाइनलमा आफ्नो घरमा इंग्लिस टिम लिभरपुलविरुद्ध गरेको फ्रि किक गोल सिजनको दोस्रो आकर्षक गोल घोषित भयो ।

यसपटक सिजनका उत्कृष्ट १० गोलमा बार्सिलोनाका सर्वाधिक धेरै ५ जना खेलाडी परेका छन् । जसमा मेस्सी, इभान राकिटिक, उसामान डेम्बेले, लुइस स्वारेज र फिलिपे कोउटिन्हो रेहका छन् ।

यी हुन् सिजनका उत्कृष्ट १० गोल :

  1. क्रिस्टियानो रोनाल्डो (युभेन्टस भर्सेस म्यानचेस्टर युनाइटेड) – समूह चरणको चौथो खेलमा गरेको गोल
  2. लिओनल मेस्सी (बार्सिलोना भर्सेस लिभरपुल) – अन्तिम १६ को दोस्रो लेगमा गरेको गोल
  3. साडियो माने (बार्यन म्युनिख भर्सेस लिभरपुल) – अन्तिम १६ को दोस्रो लेगमा गरेको गोल
  4. इभान राकिटिक (टोटनह्याम भर्सेस बार्सिलोना) – समूह चरणको दोस्रो खेलमा गरको गोल
  5. लिरोए साने (म्यानचेस्टर सिटी भर्सेस होफेनहेइम) – समूह चरणको छैटौं खेलमा गरेको गोल
  6. केलियन एमबाप्पे (म्यानचेस्टर युनाइटेड भर्सेस पिएसजी) – अन्तिम १६ को पहिलो लेगमा गरेको गोल
  7. रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी भर्सेस शाख्तर डोनेस्टक) – समूह चरणको चौथो खेलमा गरेको गोल
  8. उसामान डेम्बेले (बार्सिलोना भर्सेस टोटनह्याम) – समूह चरणको छैटौं खेलमा गरेको गोल
  9. फिलिपे कोउटिन्हो (बार्सिलोना भर्सेस म्यानचेस्टर युनाइटेड) – अन्तिम आठको दोस्रो लेगमा गरेको गोल
  10. लुइस स्वारेज (बार्सिलोना भर्सेस लिभरपुल) – अन्तिम चारको पहिलो लेगमा गरेको गोल

प्रकाशित मिति २० जेष्ठ २०७६, सोमबार १४:३६
Loading...