no-image

एजेन्सी, जेठ १९
सिजन २०१८/१९ सकिएको भोलिपल्ट युइएफएले ‘स्क्वाड अफ् द सिजन’ सार्वजनिक गरेको छ । युइएफएले आज आफ्नो अफिसियल वेबसाइट तथा सामाजिक सन्जालहरूबाट टिम घोषणा गरेको हो ।

गत राति स्पेनको मड्रिडमा भएको फाइनल खेलमा इंग्लिस टिम लिभरपुलले टोटनह्यामलाई २–० ले हराएर उपाधि जितेको थियो ।

सिजनभर गरेको प्रदर्शनका आधारमा युइएफएले कूल २० जना खेलाडीको टिम घोषणा गरेको हो । सार्वजनिक टिममा सबैभन्दा बढी च्याम्पियन टिम लिभरपुलका ६ जना खेलाडी परेका छन् ।

त्यसपछि दोस्रो धेरै डच टिम आयाक्सका ५ जना परेका छन् । आयाक्स सेमिफाइनलमा टोटनह्यामसँग पराजित हुँदै आउट भएको थियो ।

त्यसपछि स्पेनिस बार्सिलोनाका २ जना पर्दा उपविजेता टोटनह्यामका ३ जना परेका छन् । त्यस्तै, इटालियन क्लब युभेन्टसबाट एकजना मात्रै क्रिस्टियानो रोनाल्डो परेका छन् ।

यस्तो छ सूची :

प्रकाशित मिति १९ जेष्ठ २०७६, आईतवार १५:२२
Loading...