मेस्सीले पूर्वक्लबविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै

एजेन्सी, जेठ २०
अर्जेन्टिना अहिले कोपा अमेरिका फुटबलको तयारीमा छ । यो प्रतियोगिता जुन १४ बाट ब्राजिलमा हुँदैछ । सो प्रतियोगिताका लागि अहिले लिओनल मेस्सीसहितका खेलाडी प्रशिक्षणमा व्यस्त छन् ।

सो खेलअघि मेस्सीसहितको अर्जेन्टिनी टिमले अर्जेन्टिनाकै क्लब न्युवेल्स ओल्ड ब्वाइजसँग मैत्रीपूर्ण खेल खेल्दैछ । अर्जेन्टिनी टिमका प्रशिक्षक लिओनल स्कालोनीले यसलाई ‘ट्रेनिङ म्याच’ भनेर भनेका छन् ।

अघिल्लो दिन पत्रकार सम्मेलनमा बोल्दै स्कालोनीले आफ्नो टिमले न्यु वेल्ससँग मैत्रीपूर्ण खेल खेल्ने बताए । सो खेल शनिबार हुनेछ ।

न्युवेल्स मेस्सीको पूर्वक्लब हो । जहाँबा मेस्सीले बाल्यकालको करिअसर सुरु गरेका थिए । सोही क्लबबाट मेस्सी सन् २००१ मा बार्सिलोनामा अनुबन्ध भएका थिए ।

प्रकाशित मिति १९ जेष्ठ २०७६, आईतवार ०४:४४
Loading...