कोउटिन्होलाई इंग्लिस क्लबले ‘प्रमुख खेलाडी’ बनाएर भित्र्याउने

एजेन्सी, जेठ १८
लगातार खराब प्रदर्शनबाट गुज्रिरहेका स्पेनिस बार्सिलोनाका ब्राजिलियन स्टार फिलिपे कोउटिन्होलाई क्लबले बेच्ने तयारी गरेको छ । बार्सिलोनाले नयाँ स्टार खेलाडी भित्र्याउने योजना पूरा गर्न रकम जोहो गर्ने उद्देश्यले पनि कोउटिन्होसहित फ्रेन्च विंगर उसामान डेम्बेले बेच्ने तयारी गरेको चर्चा छ ।

बार्सिलोनामा खराब समयसँग जुधिरहेका कोउटिन्होलाई इंग्लिस क्लब चेल्सीले अनुबन्ध गर्न चाहेको छ । यस्तो रिपोर्ट इंग्लिस मिडियाले छापेका छन् । चेल्सी अहिले खेलाडी खरिदको प्रतिबन्धमा छ ।

तर, उसले प्रतिबन्ध फुकुवा गर्न फिफाको माथिल्लो तहमा अपिल गरेको छ । चेल्सी आफूमाथिको प्रतिबन्ध फुकुवा भए बार्सिलोनाका कोउटिन्हो भित्र्याउने योजनामा छ ।

चेल्सीका स्टार खेलाडी इडेन हाजार्डले क्लब छाड्ने पक्काजस्तै भएपछि क्लबले उनको स्थान लिने गरी कोउटिन्हो भित्र्याउने विकल्पलाई सबैभन्दा उत्तम ठानेको छ । प्रिमियर लिग खेलेको लामो अनुभव भएकाले कोउटिन्हो चेल्सीका लािग फिट हुने बताइन्छ ।

बार्सिलोनाले कोउटिन्होलाई अघिल्लो जनवरी सिजनमा लिभरपुलबाट १४५ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।

प्रकाशित मिति १८ जेष्ठ २०७६, शनिबार १६:१२
Loading...