च्याम्पियन्स लिग फाइनल : खेलको समय र लाइभ प्रशारणबारे जानकारी

काठमाडौं, जेठ १८
युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज उपाधि भिडन्त हुँदैछ । उपाधिका लागि दुई इंग्लिस टिम लिभरपुल र टोटनह्याम भिड्दैछन् ।

फाइनल खेल स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिसानो रंगशालामा हुनेछ । यो एथ्लेटिको मड्रिडको घरेलु रंगशाला हो ।

आज लिभरपुल छैटौंपटक युरोपियन च्याम्पियन बन्ने लक्ष्यसाथ मैदान उत्रिँदा टोटनह्याम भने पहिलोपटक युरोपियन प्रतियोगिताको ठूलो उपाधि उचाल्ने योजनामा छ ।

यसअघि अन्तिम चारमा लिभरपुलले बार्सिलोनालाई समग्रमा ४–३ तथा टोटनह्यामले डच टिम आयाक्ससँग समग्रमा ३–३ को बराबरी खेलेर अवे गोलमा अघि रहँदै फाइनल प्रवेश गरेको थियो ।

खेलबारे जानकारी :

खेल – लिभरपुल भर्सेस टोटनह्याम
समय – राति १२ः४५ बजेबाट (नेपाली समय)
स्थान – वान्डा मेट्रोपोलिसानो स्टेडियम–मड्रिड, स्पेन

लाइभ कसरी हेर्ने ?

आज लिभरपुल र टोटनह्यामबीच हुने फाइनल खेल सोनी नेटवर्कअन्तर्गत Sony Ten 2 र Sony Ten 2 HD बाट लाइभ हुनेछ । त्यसैगरी, कम्प्युटर-ल्यापटपबाट www.sonyliv.com लगिन गरेर पनि खेल लाइभ हेर्न सकिनेछ । मोबाइलबाट एप SonyLIV बाट पनि सहजै लाइभ हेर्न सकिनेछ ।

प्रकाशित मिति १८ जेष्ठ २०७६, शनिबार ०९:२२
Loading...