काठमाडौं, जेठ १८
फिफा यु–२० विश्वकपअन्तर्गत अन्तिम १६ को समीकरण पूरा भएको छ । गत राति चार खेल भएसँगै अन्तिम १६ मा जाने सबै टोलीको टुंगो लागेको हो ।
गत राति भएका खेलमा फ्रान्सले मालीलाई ३–२ ले हरायो भने पानामाले साउदी अरेबियालाई २–१ ले हरायो । सो समूह ‘ई’बाट फ्रान्स शतप्रशित ९ अंक जोडेर समूह विजेता बनेर अन्तिम १६ मा पुग्यो भने माली ४ अंकसहित गोलअन्तरमा अघि रहेर अर्को चरण पुग्यो ।
यता, अर्को खेलमा साउथ अफ्रिका र पोर्चुगल १–१ को बराबरीमा रोकिए । यो बराबरीसँगै पोर्चुगल भने समूह चरणबाटै आउट भएको छ । अन्तिम खेलमा साउथ अफ्रिकासँग १–१ को बराबरीमा रोकिएपछि पोर्चुगल आउट भएको हो ।
अर्को चरण जान राम्रो अफ्रिकालाई हराएर अर्को खेलमा अर्जेन्टिनाले दक्षिण कोरियालाई हराएको अवस्थामा मात्रै पोर्चुगलको अर्को चरणको सम्भावना थियो । तर, पोर्चुगल आफ्नो खेलमा बराबरीमा रोकिनु र अर्को खेलमा कोरियाले अर्जेन्टिनालाई २–१ ले हराएसँगै पोर्चुगलको अन्तिम १६ को बाटो बन्द भयो ।
सो समूह ‘एफ’बाट अर्जेन्टिना ६ अंकसहित समूह विजेता बनेर अर्को चरण पुग्यो भने कोरिया उपविजेता बनेर अर्को चरण पुग्यो ।
अन्तिम १६ मा को–को भिड्छन् ?
- इटाली भर्सेस पोल्यान्ड
- कोलम्बिया भर्सेस न्युजिल्यान्ड
- युक्रेन भर्सेस पानमा
- उरुग्वे भर्सेस इक्वेडर
- सेनेगल भर्सेस नाइजेरिया
- जापान भर्सेस साउथ कोरिया
- फ्रान्स भर्सेस युएसए
- अर्जेन्टिना भर्सेस माली
अन्तिम १६ का खेल भोलि रातिबाट सुरु हुँदैछन् । पहिलो खेल इटाली र पोल्यान्डबीच हुनेछ ।
प्रकाशित मिति १८ जेष्ठ २०७६, शनिबार ०१:१६