आज चार खेल हुँदै : अर्जेन्टिना र साउथ कोरिया आजै भिड्ने !

काठमाडौं, जेठ १७
फिफा यु–२० विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज चार खेल हुँदैछन् । आज एकै दिन चार खेल हुँदा केही महत्त्वपूर्ण खेल हुनेछन् ।

आज हुने पहिलो खेलमा समूह ‘ई’ अन्तर्गत माली र फ्रान्सको खेल हुँदैछ । खेल राति ९ः४५ बजेबाट हुँदैछ । फ्रान्स हाल ६ अंकसहित समूहको सिरानमा छ भने मााली ४ अंकसहित दोस्रोमा छ ।

अर्को खेलमा समूह ‘ई’अन्तर्गत साउदी अरेबिया र पानामा राति ९ः४५ बजेबाटै खेल्दैछन् । हाल अंक तालिकामा पानामा १ अंकसहित तेस्रो स्थानमा छ भने साउदी अंकविहीन हुँदै पुछारमा छ ।

आजको अर्को खेलमा समूह ‘एफ’अन्तर्गत साउथ अफ्रिका र पोर्चुगल खेल्दैछन् । खेल राति १२ः१५ बजेबाट सुरु हुनेछ । हाल अंक तालिकामा पोर्चुगल ३ अंकसहित तेस्रो स्थानमा छ भने अफ्रिका अंकविहीन हुँदै पुछारमा छ ।

आजको अन्तिम खेलमा समूह ‘एफ’अन्गर्तत साउथ कोरिया र अर्जेन्टिना खेल्दैछन् । खेल राति १२ः१५ बजेबाट सुरु हुनेछ । हाल अंक तालिकामा अर्जेन्टिना ६ अंकसहित शीर्ष स्थानमा छ भने कोरिया ३ अंकसहित दोस्रो स्थानमा छ ।

अर्जेन्टिनाले यसअघि पोर्चुगललाई २–० ले हराएर अंक तालिकाको सहज अग्रता बनाएको थियो । नेपालमा यी खेलहरू सोनी नेटवर्कअन्तर्गतका च्यानलहरूबाट लाइभ हेर्न सकिनेछ ।

प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार ०५:३५
Loading...