कोपा अमेरिका खेल्ने उरुग्वेको टिम सार्वजनिक, को–को परे ?

एजेन्सी, जेठ १६
जुन १४ बाट ब्राजिलमा सुरु हुने कोपा अमेरिका फुटबल खेल्ने उरुग्वेको टोली सार्वजनिक भएको छ । आज प्रशिक्षक ओस्कार टावरेजले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

उरुग्वेको टोलीमा अधिकांश स्टार खेलाडी परेका छन् । जसमा हाल चोटसँग जुधिरहेका बार्सिलोनाका स्टार फरवार्ड लुइस स्वारेज, फ्रेन्च क्लब पिएसजीका इडिसन काभानी, डिफेन्डर डिएगो गोडिन, स्पेनिस सेल्टा भिगोका म्याक्सी गोमेज, इटालियन युभेन्टसका बेन्टाकुरलगायत स्टार खेलाडी परेका छन् ।

ब्राजिलमा हुने कोपा अमेरिकामा उरुग्वे समूह ‘सी’मा छ । सो समूहमा उरुग्वेसँगै साबिक विजेता चिली, इक्वेडर र पाहुना टोली जापान रहेका छन् ।

यस्तो छ उरुग्वेको टिम :

प्रकाशित मिति १६ जेष्ठ २०७६, बिहीबार १५:५०
Loading...