युइएफए नेसन्स लिग : रोनाल्डोले टिमसँगै प्रशिक्षण थाले

एजेन्सी, जेठ १६
अर्को महिना हुने युइएफए नेसन्स लिगको सेमिफाइनल खेलका लागि क्रिस्टियानो रोनाल्डोले टिमसँगै प्रशिक्षण थालेका छन् । अघिल्लो दिनबाट उनले पोर्चुगलको राष्ट्रिय टिमसँगै प्रशिक्षण सुरु गरेका हुन् ।

पोर्चुगलले जुन ५ मा तािरखमा नेसन्स लिगअन्तर्गत सेमिफाइनल खेलमा स्वीट्जरल्यान्डसँग खेल्दैछ । अर्को दिन अर्को सेमिफाइनल खेलमा इंग्ल्यान्ड र नेदरल्यान्ड्स खेल्दैछन् ।

यी दुई सेमिफाइनल खेलका विजेता टिमले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल जुन ९ तारिखमा हुँदैछ ।

यसपटक रोनाल्डोको टिम पोर्चुगललाई यस प्रतियोगिताको प्रमुख उापधि दाबेदार टिम मानिएको छ । टोलीका कप्तान रोनाल्डो सन् २०१६ को युरो कप च्याम्पियन बनेयता युरोपको अर्को ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अभियानमा छन् ।

सन् २०१८ मा रसियामा भएको विश्वकप फुटबलमा अन्तिम १६ बाट पोर्चुगल आउट भएपछि रोनाल्डो टोलीबाहिर रहँदै आएका थिए । केही समयअघि युरो कप छनौट खेल्न टोलीमा आए पनि उनी घाइते भएका थिए ।

प्रकाशित मिति १६ जेष्ठ २०७६, बिहीबार ०३:४५
Loading...