आर्सनललाई हराउँदै चेल्सीले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं, जेठ १६
सिजन २०१८÷१९ को युरोपा लिग फुटबलको उपाधि इंग्लिस क्बल चेल्सीले जितेको छ । नेपाली समयअनुसार बिहीबार बिहान अजरबैजानको बाकु रंगशालामा भएको फाइनल खेलमा चेल्सीले लिग प्रतिस्पर्धी टिम आर्सनललाई ४–१ ले हराउँदै उपाधि जितेको हो ।

यो जितसँगै चेल्सीले सिजनको एक मात्रै उपाधि जितेको छ भने आर्सनलको भने युरोपा लिग जितेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सपना चकनाचकुर भएको छ ।

चेल्सीको जितमा खेलको ४९औं मिनेटमा ओलिभर जिरउडले पहिलो गोल गरे । त्यसपछि ६०औं मिनेटमा पेड्रोले दोस्रो गोल गरे । त्यसपछि खेलको ६५औं मिनेटमा इडेन हाजार्डले पेनाल्टीबाट तेस्रो गोल गरे भने ७२औं मिनेटमा हाजार्डले नै व्यक्तिगत दोस्रो गोल गरे ।

यता, आर्सनलका लागि खेलको ६९औं मिनेटमा एलेक्स इयोबीले सान्त्वाना गोल फर्काएका थिए ।

प्रकाशित मिति May 29, 2019
Loading...