हाजार्ड अनुबन्धको घोषणा कहिले गर्दैछ रियलले ?

एजेन्सी, जेठ १५
स्पेनिस रियल मड्रिडले नयाँ खेलाडी इडेन हाजार्ड अनुबन्धको अन्तिम तयारी गरेको छ । इंग्लिस क्लब चेल्सीका बेल्जियन खेलाडीलाई रियलले महत्त्कांक्षी योजनासाथ अनुबन्ध गर्दैछ ।

स्पेनिस मिडियाका अनुसार रियलले सोमबार औपचारिक रूपमै हाजार्ड अनुबन्धको घोषणा गर्दैछ । २८ वर्षीय हाजार्डलाई रियलले गत सिजनबाटै आँखा लगाए पनि यसपटक अनुबन्ध नजिक पुगेको छ ।

रियलले हाजार्ड भित्र्याउन चेल्सीलाई ११५ मिलियन पाउन्ड तिर्न तयार छ । यसअघि रियलले हाजार्ड भित्र्याउन लोनमा चेल्सी गएका आफ्ना खेलाडी माटेको कोभासिचलाई ‘डिल’मा मिसाउने चर्चा थियो ।

आज राति युरोपा लिग फुटबलमा चेल्सीले उपाधिका लागि लिग प्रतिस्पर्धी आर्सनलसँग खेल्दैछ । सो खेलपछि रियलले हाजार्ड अनुबन्धको घोषणा गर्न लागेको हो ।

प्रकाशित मिति १५ जेष्ठ २०७६, बुधबार १५:१५
Loading...