अर्जेन्टिनी फुटबल र मेस्सीबारे बाराक ओबामाको यस्तो टिप्पणी

एजेन्सी, जेठ १५
विश्व फुटबलका सुपरस्टार लिओनल मेस्सीको टिम अर्जेन्टिनाले मेस्सीको करिअरमा किन विश्वकपको उपाधि जित्न सकेन भन्नेबारे अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो विचार राखेका छन् ।

आज एक कार्यक्रममा बोल्दै ओबामाले मेस्सीले आफ्नो नेतृत्वमा देशलाई विश्वकप जिताउन नसक्दा भइरहेको उनको आलोचनाप्रति आफू जानकार भएको पनि बताएका छन् । उनले अर्जेन्टिनासँग मेस्सीजस्ता अद्भुत खेलाडी भए पनि टिम वर्क नहुनु दुर्भाग्य भएको बताए ।

अर्जेन्टिनाले कोपा अमेरिका खेल्न दुई साता बाँकी छँदा ओबामाले आफ्नै टिमभित्रका समस्याका कारण अर्जेन्टिनाले विश्वकप जित्न नसकेको ओबामाले बताए । ‘अर्जेन्टिनामा मेस्सी साँच्चै अद्भुत छन् । तर, विश्वकप जित्न नसक्नुमा उनीहरूभित्रै कारण छन्,’ ओबामाले भने ।

ओबामाले अर्जेन्टिनाका युवा पुस्ताका खेलाडीलाई सुझावसमेत दिए । ‘युवा पुस्तालाई मेरो सल्लाह छ कि, हामीले त्यस्ता ज्यादै थोरै मानिसलाई चिन्न सक्नुपर्छ, जसले निकै कम तर ठूला उपलिब्ध पाए ।’

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले जुन १४ बाट ब्राजिलमा सुरु हुने कोपा अमेरिका खेल्दैछ । अर्जेन्टिना गत संस्करण फाइनलमा चिलीसँग हारेको थियो ।

प्रकाशित मिति १५ जेष्ठ २०७६, बुधबार १३:५५
Loading...