नेइमारलाई चोटले डुबायो : कोपा अमेरिकाको मुखमा फेरि घाइते !

एजेन्सी, जेठ १५
ब्राजिलका स्टार खेलाडी नेइमार फेरि घाइते भएका छन् । कोपा अमेरिका आउन दुई साता बाँकी छँदा नेइमार पुनः चोटग्रस्त भएका हुन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार नेइमार अघिल्लो दिन प्रशिक्षणक्रममा घाइते भएका हुन् । नेइमारको देब्रे खुट्टामा समस्या देखिएको छ ।

प्रशिक्षण गर्दागर्दै घाइते भएपछि नेइमारले त्यत्तिबेलै मैदान छाडेका थिए । २७ वर्षीय नेइमारको चोट सामान्य रहेको बताइएको छ ।

तर, ठूलो अन्तर्राष्ट्रिय खेलका मुखमा घाइते भएपछि उनको फिटनेसमा शंका उब्जिएको छ । नेइमार यसअघि पनि लामो समय चोटबाट गुज्रिएर मैदान फर्किएका थिए ।

ब्राजिलले कोपा खेल्नुअघि कतार र होन्डुरससँग मैत्रीपूर्ण खेल खेल्दैछ । कोेपामा यसपटक ब्राजिललाई प्रमुख उपाधि दाबेदार टिम मानिएको छ ।

२ दिनअघि मात्रै ब्राजिलका प्रशिक्षक टिटेले ‘नेइमारले पटक–पटक अनुशासन तोडेको’ भन्दै उनीबाट कप्तानी खोसर ड्यानी आल्भेसलाई नयाँ कप्तान घोषणा गरेका थिए ।

प्रकाशित मिति १५ जेष्ठ २०७६, बुधबार ०६:३७
Loading...