‘म्याच फिक्सिङ’को आरोपमा रियल मड्रिडका पूर्वस्टार खेलाडी पक्राउ

एजेन्सी, जेठ १५
स्पेनिस रियल मड्रिडका पूर्वस्टार खेलाडी राउल ब्राबो र स्पेनिस क्लब हुएस्काका अध्यक्ष अगस्टिन लासाओसासहित आधा दर्जन व्यक्ति पक्राउ परेका छन् । यो सिजन स्पेनिस ला लिगाबाट रेलिगेसनमा परेको हुएस्काका अध्यक्षसमेत रहेका लासाओसासहित दोस्रो डिभिजनका केही खेलाडीलाई ‘म्याच फिक्सिङ’को आरोपमा पक्राउ गरिएको हो ।

स्पेनिस सञ्चार संस्थाले सुरक्षा निकाय र स्रोतलाई उद्धृत गरी मिलेमतो आरोप लागेका खेलाडीबारे खबर छापेका छन् । राउल ब्राबोलाई यस प्रकरणको मुख्य योजनाकार मानिएको छ । स्पेनिस क्लब रियल भाल्लाडोलिडका बोर्जा फर्नान्डेज, गेटाफेका पूर्वखेलाडी कार्लोस अरान्दा र सामु साइज, डिपोर्टिभो अलाभेसका इनिगो लोपेजलाई पनि खेल मिलेमतो आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

खबरअनुसार प्रहारीले हुएस्काका अध्यक्ष लासाओसा र क्लबका मेडिकल टिमका प्रमुख जुहान कार्लोस गालिन्दोलाई पनि पक्राउ गरेको हो । यो बताइएको छ कि, अहिले फुटबलमा हुने अनियमितता नियन्त्रण रोक्न अभियान जारी छ । सोही अभियानअन्तर्गत उनीहरू पक्राउ परेका हुन् ।

प्रकाशित मिति १५ जेष्ठ २०७६, बुधबार ०२:४१
Loading...