जाभी अल सदाको प्रमुख प्रशिक्षकमा नियुक्त !

एजेन्सी, जेठ १४
स्पेनिस बार्सिलोनाका पूर्वकप्तान तथा लिजेन्ड खेलाडी जाभी हर्नान्डेज कतारी क्लब अल सदाको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । आज अल सदाले ३९ वर्षीय जाभीलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

केही समयअघि मात्रै जाभीले क्लब छाड्ने घोषणा गरेका थिए । त्यसैबेला उनले आफूले अब कोचिक अरिअर सुरु गर्ने पनि बताएका थिए ।

उनले यस्तो घोषणा गरेको केही समयपछि नै उनलाई आफू खेलेकै क्लबले प्रशिक्षक बनाएको हो । जाभी सन् २०१५ मा बार्सिलोना छाडेर अल सदामा अनुबन्ध भएका थिए ।

अल सदामा ४ सिजन बिताएका जाभी अन्ततः सोही क्लबको प्रमुख प्रशिक्षक बनेका हुन् । कतिपयले जाभीले नयाँ सिजनबाटै बार्सिलोनाको टिम सम्हाल्ने अनुमान गरे पनि जाभीले अनुभव संगाल्न भन्दै कतारी क्लबबाट कोचिङ करिअर सुरु गरेका हुन् ।

प्रकाशित मिति १४ जेष्ठ २०७६, मंगलवार १२:३९
Loading...