आज पोर्चुगल र अर्जेन्टिना भिड्दै

काठमाडौं, जेठ १४
आज पोर्चुगल र अर्जेन्टिनाको युवा टोली भिड्दैछन् । यु–२० विश्वकपअन्तर्गत आज दुई चीर प्रतिस्पर्धी टिमको भिडन्त हुन लागेको हो । पोल्यान्डमा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुनेछ ।

समूह ‘एफ’अन्तर्गत दोस्रो खेल खेल्नुअघि अर्जेन्टिना शीर्ष स्थानमा छ । अर्जेन्टिना र पोर्चुगल दुवै टिमले आ–आफ्नो पहिलो खेल जितेर समान ३–३ अंक जोडेका छन् ।

तर, गोलअन्तरमा अर्जेन्टिना समूहको शीर्ष स्थानमा छ । यस समूहमा अर्जेन्टिना र पोर्चुगलसँगै साउथ कोरिया र साउथ अफ्रिका रहेका छन् ।

समूहमा अर्जेन्टिना र पोर्चुगलले आ–आफ्नो खेल जित्दा कोरिया र अफ्रिकाले भने आफ्नो खेल हारेका छन् । प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टिम अर्को चरण जानेछन् ।

प्रकाशित मिति १४ जेष्ठ २०७६, मंगलवार १०:०४
Loading...