रोनाल्डोलाई पछि पार्दै क्वाग्लिएरिल्लाले जिते गोल्डेन बुट

एजेन्सी, जेठ १३
फावियो क्वाग्लिएरिल्लाले इटालियन सिरी ‘ए’ लिगको गोल्डेन बुट जितेका छन् । स्पेनिस रियल मड्रिड छाडेर इटालियन युभेन्टस पुगेका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै क्वाग्लिएरिल्लाले यो सिजनको गोल्डेन बुट जितेका हुन् ।

साम्पडोरियाका भेट्रान फुटबलर क्वाग्लिएरिल्लाले यो सिजन कूल २६ गोल गर्दै गोल्डेन बुट जितेका हुने । उनले सिजनभर कूल ३७ खेल खेल्दै २६ गोल गरे ।

उमेरले ३७ वर्ष पुगेका क्वाग्लिएरिल्लाले लिग च्याम्पियन युभेन्टसका फरवार्ड रोनाल्डोलाई ५ गोलले पछि पार्दै गोल्डेन बुट जिते । रोनाल्डोले यो सिजन २१ गोल मात्रै गरे ।

लिगको नवौं स्थानमा रहेर सिजन पूरा गरेको साम्पडोरियाका गोल मेसिन खेलाडीले उनले २६ गोल गर्दा ८ गोलका लागि असिस्टसमेत गरेका थिए ।

यससँगै क्वाग्लिएरिल्लाले सिरी ‘ए’मा पहिलो गोल्डेन बुटसमेत जिते । उनको यो पहिलो गोल्डेन बुट हो ।

प्रकाशित मिति १३ जेष्ठ २०७६, सोमबार १३:००
Loading...