युभेन्टसले पोग्बा भित्र्याउन आफ्ना दुई स्टार खेलाडी दिने

एजेन्सी, जेठ १३
इटालियन क्लब युभेन्टसले नयाँ सिजनका लागि फ्रेन्च स्टार खेलाडी पाउल पोग्बा भित्र्याउन कसरत थालेको छ । इटालियन मिडियाका अनुसार उसले आफ्ना पूर्वखेलाडीसमेत रहेका इंग्लिस टिम म्यानचेस्टर युनाइटेडका पोग्बालाई अनुबन्ध गर्न चाहेको छ ।

नयाँ सिजनमा आफ्नो फितलो मिडफिल्डलाई मजबुत बनाउन युभेन्टसले केही प्रमुख खेलाडी भित्र्याउँदैछ । त्यसका लागि उसले इंग्लिस क्लब आर्सनलबाट आरोन रामेसी अनुबन्ध गरिसकेको छ ।

रामेसीपछि युभेन्टसको नजर पोग्बा र रियल मड्रिडका इस्कोमाथि छ । इस्को भित्र्याउन नसक्ने देखेपछि युभेन्टसले इंग्लिस युनाइटेडका पोग्बा अनुबन्ध गर्न चाहेको छ । खबरअनुसार युभेन्टसले पोग्बा भित्र्याउन आफ्ना २ जना खेलाडी दिन तयार भएको छ ।

युभेन्टसले पोग्बाका लागि ब्राजिलियन लेफ्ट ब्याक एलेक्स सान्ड्रो र अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला दिन तयार भएको खबर छ ।

प्रकाशित मिति १३ जेष्ठ २०७६, सोमबार ०९:५१
Loading...