सिरी ए : युभेन्टस आज सिजनको अन्तिम खेल खेल्दै

काठमाडौं, जेठ १२
इटालियन सिरी ‘ए’ फुबटलमा आज राति यो सिजनका अन्तिम खेलहरू हुँदैछन् । जसमा आज लिग च्याम्पियन टोली युभेन्टस र साम्पडोरियाको खेल पनि हुँदैछ ।

यसअघि नै लिग विजेता बनिसकेको युभेन्टस साम्पडोरियासँग यो सिजनको अन्तिम खेल खेल्दैछ । खेल साम्पडोरियको घरमा राति ९ः१५ बजेबाट सुरु हुँदैछ ।

युभेन्टस हाल लिगमा ३७ खेलपछि ९० अंकसहित शीर्ष स्थानमा छ भने साम्पडोरिया समान खेलबाट ५० अंकसहित नवौं स्थानमा छ ।

सिजनको अन्तिम खेलमा टोलीका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो खेल्नेछैनन् । उनी राष्ट्रिय टिम पोर्चुगलमा फर्किसकेकाले यो खेलमा उनको उपस्थिति हुनेछैन् ।

आजको खेलमा फरवार्ड पाउलो डिबाला, क्वाडराडो र मोइसे किन हुनेछन् । रक्षापंक्ति र मिडफिल्डमा सबैजसो प्रमुख खेलाडी हुनेछन् ।

प्रकाशित मिति १२ जेष्ठ २०७६, आईतवार १०:२६
Loading...