काठमाडौं, जेठ १२
स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेमा अहिले उपाधि भिडन्तमा बार्सिलोना र भ्यालेन्सिया खेलिरहेका छन् । खेलको पहिलो हाफमा भ्यालेन्सियाले बार्सिलोनाविरुद्ध २–० को सहज अग्रता लिएको छ ।
भ्यालेन्सियाका लागि खेलको २१औं मिनेटमा केभिन गेइमेरोले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ३३औं मिनेटमा रोड्रिगोले गोल गर्दै खेल २–० बनाए ।
त्यसअघि पनि बार्सिलोना १ गोल खानबाट जोगिएको थियो । खाली पोस्टमा जेरार्ड पिकेले सो गोल बचाएका थिए । पहिलो हाफमा बार्सिलोनामाथि भ्यालेन्सियाले पूर्ण रूपमा खेल दबाबमा राखेको छ ।
प्रकाशित मिति ११ जेष्ठ २०७६, शनिबार १९:४५