कप्तान रामोसले रियल मड्रिड छाड्ने !

एजेन्सी, जेठ ११
स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले क्लब छाड्ने सम्भावना बढेको चर्चा सुरु भएको छ । क्लबको व्यवस्थापनसँग असमझादारी बढेपछि उनले क्लब छाड्ने सम्भावना बढेको हो ।

भर्खरै सकिएको सिजनमा रियल मड्रिडले खराब प्रदर्शन गरेपछि रियलमा अहिले ठूलो हलचल छ । नयाँ सिजनका लागि क्लबले स्टार खेलाडी भित्र्याउने तयारी गरिरहेको छ । त्यसका लागि उसले थुप्रै खेलाडी बेच्दैछ ।

स्पेनिस मिडियाका अनुसार सिजनको अन्तिमतिर लामो समय चोटसँग जुधेका उनले त्यसबेलै रियल छाड्नेबारे सोचेको बतइएको छ । यो बताइन्छ कि, रामोस स्पेनका क्लबबाहिरबाट खेल्न चाहन्छन् ।

खबरअनुसार स्पेनबाहिरका अन्य ठूला क्लबबाट चित्तबुझ्दो अफर आए रामोसले रियल छाड्ने मनस्थिति बनाएको बताइन्छ । यदि रामोसले रियल छाड्ने अवस्था आए उनलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, फ्रेन्च पिएसजी तथा इटालियन युभेन्टसले समेत उनलाई भित्र्याउन सक्नेछन् ।

यसपटक रियल युरोपियन च्याम्पियन्स लिगमा डच टिम आयासक्सँग पराजित हुँदै अन्तिम १६ बाट आउट भएदेखि नै उनी निराश रहँदै आएका थिए । क्लबले क्रिस्टियानो रोनाल्डो हिँडेपछि नयाँ गोलकर्ता खेलाडी भित्र्याउन नसकेको भन्दै रामोस व्यवस्थापनसँग खुसी छैनन् ।

केही समयअघि पनि रामोस र रियलका अध्यक्ष फ्लोरेन्टो पेरेजबीच मतभेद बढेको खबर सार्वजनिक भएको थियो ।

प्रकाशित मिति ११ जेष्ठ २०७६, शनिबार ०४:४१
Loading...