बालोन डि‘ओर–२०१९ : टप–१२ दाबेदारहरूको सूची सार्वजनिक, कसको स्थान कहाँ ?

एजेन्सी, जेठ १०
सन् २०१९ को विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओर अवार्ड कसले जित्ला ? यसको चर्चा र अड्कलबाजी अहिलेबाटै चर्को रूपमा हुन थालिसकेको छ । सन् २००८ बाट २०१७ सम्म आलोपालो यो अवार्ड जितेका अर्जेन्टिनी लिओनल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डो अहिले पनि यस अवार्डका लागि दाबेदार नै छन् ।

यी दुई सुपरस्टारको दशक लामो दबदबा तोड्दै गत वर्ष भने यो अवार्ड रियल मड्रिडका क्रोएसियन खेलाडी लुका मोड्रिकले जितेका थिए । तर, यसपटक बार्सिलोनाका मेस्सीलाई प्रमुख दाबेदार मानिएको छ ।

सिजन २०१८÷१९ मा व्यक्तिगत रूपमा शानदार प्रदर्शन गरेका मेस्सीलाई यसपटकका लागि सबैभन्दा बलियो दाबेदार मानिएको हो । भलै, बालोन डि‘ओरका लागि अझै पनि समय छ । अझै २०१९ को आधा समय बाँकी रहेकाले अर्को सिजनको आधा समयको खेलले पनि बालोन डि‘ओरको दाबेदार को हुने भन्ने देखाउनेछ ।

तर, हालसम्मको अवस्थामा बार्सिलोनाका मेस्सी सबैभन्दा बलिया दाबेदार हुन् । बार्सिलोनालाई ला लिगाको च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान दिएका उनी च्याम्पियन्स लिग जिताउन भने असफल भए । बार्सिलोना शनिबार राति कोपा डेल रे कपको फाइजलमा भ्यालेन्सियासँग खेल्दैछ । यो उपाधि बार्सिलोननले जिते मेस्सीको दाबेदारी थप बलियो हुनेछ ।

यसैबीच, चर्चित संस्था ‘ओड्स’ ले २०१९ को बालोन डि‘ओर दाबेदारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । जसमा बार्सिलोनाका मेस्सी पहिलो नम्बरमा छन् । जारी सिजन मेस्सीले बार्सिलोनाका लागि कूल ५० गोल गर्दै १९ गोलका लागि असिस्ट गरेका छन् ।

तर, सो सूचीमा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो भने टप–५ मा परेका छैनन् । उनी छैटौं स्थानमा मात्रै छन् ।

सो सूचीको दोस्रो नम्बरमा इंग्लिस क्लब लिभरपुलका डच खेलाडी भर्जिल भान डाइक रहेका छन् । लिभरपुलले अर्को महिना युरोपियन च्याम्पियन्स लिगको फाइनलमा लिग प्रतिस्पर्धी टोटनह्यामसँग खेल्दैछ । यदि लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जिते त्यो बेला भान डाइक बालोन डि‘ओरका लागि मेस्सीभन्दा बलिया दाबेदार हुनेछन् ।

युभेन्टसलाई कीर्तिमानी सिरी ‘ए’ र सुपरकोपा इटालियाको उपाधि जिताउन मुख्य योगदान दिएका रोनाल्डो भने यस सूचीमा छैटौं स्थानमा मात्रै छन् । उनले युभेन्टसका लागि यो सिजन सबैखाले प्रतियोगिताबाट कूल २८ गोल गर्दै १३ गोलका लागि असिस्ट गरेका छन् ।

सो सूचीको तेस्रो नम्बरमा लिभरपुलकै इजिप्टिएन खेलाडी मोहमद सालाह र चौथोमा लिभरपुल तथा सेनेगलका साडियो माने छन् । पाँचौंमा पिएसजीका फ्रेन्च फरवार्ड केलियन एमबाप्पे छन् ।

हेरौं सूची :

प्रकाशित मिति ११ जेष्ठ २०७६, शनिबार ०६:००
Loading...