चेल्सीका पूर्वप्रशिक्षक कोन्टे मिलानको नयाँ प्रशिक्षकमा नियुक्त

एजेन्सी, जेठ १०
इंग्लिस क्लब चेल्सीका पूर्वप्रशिक्षक एन्टोनियो कोन्टे इटालियन क्लब इन्टर मिलानको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन् । क्लबले आज कोन्टेलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।

कोन्टे यसअघि चेल्सीका प्रशिक्षक थिए । २ वर्ष चेल्सीमा बिताउँदा ४९ वर्षीय इटालियन म्यानेजर कोन्टे निकै विवादमा तानिएका थिए ।

तर, चेल्सीले गत जुलाईमा उनलाई जिम्मेवारीबाट हटाएको थियो । त्यसयता उनी खाली थिए । विगतमा युभेन्टसको टोलीसमेत सम्हालेका कोन्टेले चेल्सीलाई आफ्नो पहिलो सिजनमै प्रिमियर लिगको च्याम्पियन बनाएका थिए । त्यसअघि उनले युभेन्टसबाट पनि लगातार तीन सिजन सिरी ‘ए’को उपाधि जितेका थिए ।

मिलान हाल लिगमा चौथो स्थानमा छ । मिलानले लिगको अन्तिम खेल इम्पोलीसँग खेल्दैछ । सो खेल जितेर मिलान अर्को सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने योजनामा छ ।

प्रकाशित मिति १० जेष्ठ २०७६, शुक्रबार १२:४८
Loading...