कोपाको फाइनल खेलबारे यसो भन्छन् पिके

एजेन्सी, जेठ १०
स्पेनिस बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले आफूहरूले यो सिजनलाई खराब हुनबाट जोगाउन कोपा डेल रे कपको उपाधि जित्नैपर्ने बताएका छन् । अघिल्लो दिन स्पेनिस मिडिया ‘इएल पाइस’सँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पिकेले च्याम्पियन्स लिग फुटबलको पराजय र त्यसको निराशाबाट फ्यानहरूलाई थोरै भए पनि राहत दिन यो प्रतियोगिता जित्नैपर्ने बताएका हुन् । ‘च्याम्पियन्स लिगमा लिभरपुलसँगको पराजय हाम्रा लागि ज्यादै पीडादायी थियो । हामीले अझै पनि राम्ररी सोच्न सकेका छैनौं,’ पिकेले भने, ‘फ्यानहरूलाई त्यो निराशाबीच थोरै भए पनि खुसी दिन हामीले कप जित्नैपर्छ ।’

पिकेले लिभरपुलसँग दोस्रो लेगमा एनफिल्डमा भागेको ४–० को हारको दोष कुनै एक खेलाडी वा प्रशिक्षकलाई मात्रै नजाने भन्दै टिमको बचाउ गरे । ‘खेल कुनै एक खेलाडीको कारणले मात्रै जित्ने वा हार्ने भन्ने हुँदैन । यो टिमले खेल्ने हो,’ उनले भने, ‘तसर्थ त्यो हारको जिम्मा सबैले खलाडीमाथि रहन्छ ।’

शनिबार हुने कोपा डेल रे फुटबलबारे पिकेले थप बोल्दै फाइनल खेल कठिन हुने बताए । ‘हामी यतिबेला दबाबमा छौं, यो भ्यालेन्सियालाई थाहा छ । उनीहरू त्यसै पनि बलिया टिम हुन्,’ पिकेले थपे, ‘उनीहरूले हामीलाई सजिलै जित्न दिनेछैनन् । तर, हामी हरहालतमा यो उपाधि जित्न चाहन्छौं ।’

कोपा डेल रे कपको फाइनल शनिबार राति बार्सिलोना र भ्यालेन्सियाबीच हुँदैछ ।

प्रकाशित मिति १० जेष्ठ २०७६, शुक्रबार ०३:५८
Loading...