नेसन्स लिगको उपाधि दौड : पोर्चुगलको टिम सार्वजनिक, को–को परे ?

एजेन्सी, जेठ ९
युइएफए नेसन्स लिगका लागि पोर्चुगलले आफ्नो टोली घोषणा गरेको छ । टोलीका प्रशिक्षक फर्नान्डो सान्तोषले आज क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

सार्वजनिक टोलीमा इटालियन युभेन्टसका रोनाल्डोसँगै म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भा पनि परेका छन् । त्यस्तै, उदीयमान युवा खेलाडी १९ वर्षीय जाओ फेलिक्सले पनि यसै प्रतियोगिताबाट राष्ट्रिय टिममा डेब्यु गर्दैछन् । त्यस्तै, बार्सिलोनाबाट खेल्ने नेल्सन सेमेडो पनि टोलीमा परेका छन् । यसपटक आन्द्रे सिल्भा र आन्द्रे गोमेज भने टोलीमा पर्न असफल रहे ।

रोनाल्डो रसिया विश्वकपपछि केही समयअघि मात्रै युरो कप छनौट खेलमा टिममा फर्किएका थिए । तर, त्यसबेला पोर्चुगलले युक्रेन र सर्बियासँग खेल्दा उनी घाइते भएका थिए ।

नेसन्स लिगमा सेमिफाइनल र फाइनल चरणका खेल बाँकी छन् । जसमा पोर्चुगलले आगमी जुन ५ तारिखमा स्वीट्जरल्यान्डसँग खेल्नेछ । अर्को सेमिफाइनल खेल इंग्ल्यान्ड र नेदरल्यान्ड्स जुन ६ तारिखमा खेल्नेछन् ।

सेमिफाइनलका दुई विजेताले उपाधिका लागि जुन १० तारिखमा खेल्नेछन् । त्यसअघि सेमिफाइनलमा पराजित दुई टिमले तेस्रो स्थानका लागि जुन ९ मा खेल्नेछन् ।

यस्तो छ पोर्चुगलको टिम :

प्रकाशित मिति ९ जेष्ठ २०७६, बिहीबार १३:४१
Loading...