मेस्सीको ‘अटोग्राफ’सहितको कपडाको नयाँ ब्रान्ड बजारमा आउँदै !

एजेन्सी, जेठ ९
स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका स्टार फरवार्ड लिओनल मेस्सीको अटोग्राफसहितको कपडा अब बजारमा पाइने भएको छ । ‘लियो मेस्सी म्यानेजमन्ट र गिन्नी हिलफिगर’को सहकार्यमा तयारी कपडाको नयाँ ब्रान्ड सुरु गर्न लागिएको हो ।

यो ब्रान्ड मेस्सीकी बहिनी मारिया सोल र अमेरिकी डिजाइनर टमी हिलफिगरकी बहिनी गिन्नीले सहकार्य गरेर नयाँ ब्रान्ड बजारमा ल्याउन लागेका हुन् ।

यो बताइएको छ कि, यो ब्रान्डले पुरुषले प्रयोग गर्ने कपडाको उत्पादन गर्नेछ, जसले ‘स्पोर्टी’ देखाउनेछ वा अनुभूत दिलाउनेछ ।

आगामी जुलाईमा ‘द मेस्सी’ स्टोर नामक अनलाइन पोर्टलमार्फत् नयाँ ब्रान्डका उत्पादन सार्वजनिक गर्ने तयारी छ । यसको मुख्य आकर्षण भनेको त्यसरी उत्पादन गरिएका कपडाका आइटहरूमा मेस्सीको हस्ताक्षर हुनेछ ।

प्रकाशित मिति ९ जेष्ठ २०७६, बिहीबार १३:०३
Loading...