युरो कप छनौट : टर स्टेगेन र क्रुस जर्मनीको टोलीमा परेनन्

एजेन्सी, जेठ ९
युरो कप छनौट खेलका लागि जर्मनीले जारी गरेको खेलाडीको सूचीमा केही स्टार खेलाडी परेका छैनन् । स्पेनिस रियल मड्रिडका स्टार खेलाडी टोनी क्रुस, बार्सिलोनाका स्टार गोलरक्षक मार्क आन्द्रे टेर स्टेगन र बार्यन म्युनिखका थोमस मुलरबिनै जर्मनीको टोली घोषणा भएको छ ।

गोलरक्षक म्यानुल निउरको कप्तानीमा सार्वजनिक २३ स्दस्यीय टोलीमा केही नयाँ खेलाडीले स्थान बनाएका छन् । तर, क्रुस र टर स्टेगेन चोटका कारण टोलीमा नपरेको जर्मनीका मुख्य प्रशिक्षक जोचिम लोउले बताएका छन्

क्रुस अहिले घुँडाको चोटसँग जुधिरहेका छन् । यता, बार्सिलोनाका गोलरक्षक टर स्टेगेन पनि चोटग्रस्त छन् । चोटकै कारण उनले कोपा डेल रे फुटबलको फाइनलसमेत गुमाउने निश्चित भइसकेको छ ।

युरो कप छनौटअन्तर्गत जर्मनले जुन ८ मा बेलारुससँग र जुन ११ मा इस्टोनियाँसग खेल्दैछ ।

यस्तो छ जर्मनीको टोली :

गोलरक्षक– म्यानुल निउर, ब्रर्न लेनो र केभिन ट्र्याप

डिफेन्डर – म्याथियन जिन्टर, मार्सेल हल्सटेन्सवर्ग, लुकास क्लोसटर्मन, जोनास हेक्टर, थिलो केरहर, निको स्कुल्ज, निकोलस स्टार्क, निकोलस शुल र जोनाथन टह

मिडफिल्डर – जुलियन ब्रान्ड, केई हाभर्टज, जुलियन ड्राक्सलर, लियोन गोरेट्जा, जोसुवा किम्मिच, इकेए गुन्डोगान र लिरोए साने

फरवार्ड – मार्को रिउस, सर्जी जिनब्री र टिमो वेर्नर

प्रकाशित मिति ९ जेष्ठ २०७६, बिहीबार ०६:४८
Loading...