अन्ततः कतार विश्वकपमा ३२ टिम नै खेल्ने !

एजेन्सी, जेठ ९
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलमा अन्ततः ३२ टिम नै खेल्ने भएका छन् । यसअघि फिफाले कतार विश्वकपमा खेल्ने टिम ३२ बाट बढाएर ४८ बनाउने गरी छलफल थालेको थियो ।

तर, अहिले आएर फिफाले आयोजक कतारसँग निर्णायक छलफल गर्दै पर्याप्त तयारी नपुग्ने भन्दै कतार विश्वकपमा ३२ टिम नै खेलाउने निर्णय गरेको हो । फिफाका अध्यक्ष गिनी इन्फिेटिनोले ४८ टिमलाई विश्वकप खेल्न दिने विषयमा यसअघि छलफल गर्दै सो सम्भावना प्रबल रहेको बताउँदै आएका थिए ।

यता, कतारले पनि ४८ देशलाई विश्वकप खेलाउने गरी तयारी गर्दै बताउँदै आएको थियो । तर, उसले अहिले आएर २०२२ मै ४८ देशलाई खेलाउने गरी पूर्वाधार तयार पार्न समय नपुग्ने बताएको छ ।

प्रकाशित मिति ९ जेष्ठ २०७६, बिहीबार ०४:३९
Loading...