टर स्टेगेनले कोपाको फाइनल गुमाउने पक्का

एजेन्सी, जेठ ९
स्पेनिस बार्सिलोनाका पहिलो रोजाइका गोलरक्षक मार्क आन्द्रे टर स्टेगेनले शनिबार हुने कोपा डेल रे फुटबलको फाइनल खेल गुमाउने भएका छन् । क्लब बार्सिलोनाले अफिसियल विज्ञप्ति निकालेर आफ्ना पहिलो रोजाइका गोलरक्षक चोटसँग जुधिरहेकाल उनले उनले सो खेल गुमाउने पुष्टि गरेको हो ।

टर स्टेगेनको दायाँ घुँडामा चोट छ । अघिल्लो साता प्रशिक्षणक्रममा उनी घाइते भएका थिए । उनले कोपाको फाइनल खेल्न सक्ने अपेक्षा गरिए पनि उनी पूर्ण रूपमा फिट नहुँदा उनी उपाधि भिडन्तमा नखेल्ने भएका हुन् ।

टर स्टेगेनको उपचार जारी रहेको र उनी ठीक हुन अझै दुई हप्तासम्म लाग्नसक्ने बताइएको छ ।

बार्सिलोनाले शनिबार राति कोपा डेल रे फाइनलमा लिग प्रतिस्पर्धी भ्यालेन्सियासँग खेल्दैछ । सो प्रतियोगिता जितेर बार्सिलोना यो सिजन दोस्रो घरेलु प्रतियोगिता जित्ने योजनामा छ ।

बार्सिलोना यो सिजनको ला लिगा च्याम्पियन टोली हो । ऊ युरोपियन च्याम्पियन्स लिगमा भने इंग्लिस टिम लिभरपुलसँग पराजित हुँदै बाहिरिएको थियो ।

प्रकाशित मिति ९ जेष्ठ २०७६, बिहीबार ०१:५१
Loading...