एजेन्सी, जेठ ७
अर्को महिनाबाट सुरु हुने दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकाका लागि अर्जेन्टिनाको अन्तिम टोली घोषणा भएको छ । मंगलबार टोलीका अन्तरिम प्रशिक्षक लिओनल स्कालोनीले लिओनल मेस्सीको कप्तानीमा २३ स्दस्यीय टोली घोषणा गरेका हुन् ।
अघिल्लो साता ३२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएकोमा आज स्कालोनीले अन्तिम टोली घोषणा गरेका हुन् । मेस्सी करिब ११ महिनापछि हुन लागेको अफिसियल प्रतियोगिताका लागि राष्ट्रिय टोलीका कप्तानका रूपमा मैदान फर्किंदैछन् ।
मेस्सीसँगै स्टार खेलाडी सर्जियो अगुइरो, पाउलो डिबाला र एन्जल डि मारियता पनिटोलीमा छन् । तर, स्कालोनीले इटालियन क्लब इन्टर मिलानका स्टार फरवार्ड माउरो इकार्डीलाई टोलीमा रोखका छैनन् । गोलकर्ता खेलाडी इकार्डी नहुँदा अर्जेन्टिनाको आक्रमणपंक्तिलाई समस्या पर्न सक्छ ।
यस्तो छ टोली :