अन्ततः रोनाल्डोलाई पछि पारे मेस्सीले !

काठमाडौं, जेठ ७
स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले क्लब फुटबलको गोल संख्यामा आफ्ना खास प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । पछिल्लोपटक ला लिगामा एइबारविरुद्ध २ गोल गरेसँगै मेस्सीले बार्सिलोनाका लागि ६०२ गोल गरे ।

एइबारविरुद्ध मेस्सीले पहिलो हाफमा उनले ३१ र ३२औं मिनेटमा गरी २ गोल गरेका थिए । सोही २ गोलको मदतमा उनले बार्सिलोनाको सिनियर टोलीका लागि कूल गोल संख्या ६०२ बनाए ।

यता, इटालियन युभेन्टसबाट खेलिरहेका रोनाल्डोले विभिन्न क्लबबाट गरी कूल ६०१ गोल गरेका छन् । रोनाल्डो पछिल्ला खेलमा गोलविहीन बनेपछि उनलाई मेस्सीले पछि पारेका हुन् ।

हालको अवस्थामा मेस्सी स क्लब फुटबलको गोल संख्यामा रोनाल्डोभन्दा १ गोलले अघि छन् । मेस्सीले कूल ६८६ खेलबाट ६०२ गोल गरेका हुन् ।

रोनाल्डोले भने ८०५ खेलबाट ६०१ गोल गरेका छन् । मेस्सीले रोनाल्डोभन्दा ११९ खेल कम खेलेर उनलाई गोल संख्यामा पछि पारेका हुन् ।

प्रकाशित मिति ७ जेष्ठ २०७६, मंगलवार ०६:२०
Loading...