एमबाप्पेले पिएसजी छाड्ने संकेत, कहाँ जान सक्छन् ?

एजेन्सी, जेठ ७
फ्रेन्च क्लब पिएसजीका युवा फरवार्ड केलियन एमबप्पेले यो सिजनपछि सकिएसँगै क्लब छाड्ने मनस्थिति बनाएको चर्चा सुरु भएको छ । अघिल्लो दिन लिग वानअन्तर्गत अवार्ड ग्रहण कार्यक्रममा बोल्दै एमबाप्पेले यसको संकेत दिएका हुन् ।

एमबाप्पे जारी सिजन लिग वानबाट वर्षको उत्कृष्ट खेलाडी र युवा खेलाडी घोषित भए । एकै सिजन दुई अवार्ड जितेका उनले कार्यक्रममा मन्तव्य राख्दै आफूमाथि थप जिम्मेवारी र चुनौती बढेको बताएका थिए ।

त्यसो भनेर उनले निकट भविष्यमा आफूले पिएसजी छाडेर ठूला चुनौतीसँग जुध्न तयार भएको सन्देश दिए । कार्यक्रममा बोल्दै एमबाप्पेले भने– ‘यतिबेला मेलै थप जिम्मेवारी बढेको ठानेको छु । मलाई लाग्छ– मैले अब पिएसजीमै वा अन्य ठाउँ जहाँ भए पनि ठूला चुनौतीका लागि तयार हुनुपर्छ ।’

यसो भनेर एमबाप्पेले आफूले सही समय र अवसरमा क्लब छाड्न सक्ने संकेत दिएका हुन् । उनको यो भनाइलाई धेरैले उनले क्लब छाड्ने मनाशाय बनाएको विषयसँग जोडेर हेरेका छन् ।

एमबाप्पेले यसो भन्दा यदि कुनै क्लब सबैभन्दा बढी हौसिएको छ भने त्यो स्पेनिस रियल मड्रिड हो । किनभने, रियल विश्वकप विजेता यी युवा फरवार्ड अनुबन्ध गर्न लागिपरेको छ ।

रियलमा फ्रान्सकै जिनेदिन जिदान प्रशिक्षक रहेकाले एमबाप्पे रियलमा अनुबन्ध हुने सम्भावना प्रबल रहेको बताइन्छ ।

प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार १६:२६
Loading...