टोनी क्रुसले रियल मड्रिडसँग सम्झौता लम्ब्याए

एजेन्सी, जेठ ७
जर्मन खेलाडी टोनी क्रुसले क्लब रियल मड्रिडसँग सम्झौता नवीकरण गरेका छन् । आज उनले औपचारिक रूपमै क्लबसँग सन् २०२३ सम्मका लागि सम्झौता नवीकरण गरेका हुन् ।

सन् २०१४ देखि रियलको जर्सीमा खेलिरहेका स्टार मिडफिल्डर क्रुस अझै ४ वर्ष सान्टियागो बेर्नाबेउमै रहनेछन् । २९ वर्षीय क्रुस रियलका लागि अहिले पनि प्रमुख खेलाडी हुन् ।

आज क्लबका अध्यक्ष फ्लोरेन्टो परेजेसँग औपचारिक रूपमै सम्झौता गर्दै क्रुसले आफूले रियल आइकन कहिल्यै पनि क्लब छाड्नेबारे नसोचेको बताए । ‘मैले कहिल्यै पनि क्लब छाड्नेबारे सोचिनँ । जतिबेला छाड्छु, एक विजेताका रूपमा यहाँबाट जानेछु,’ सम्झौतापछि उनले भने ।

क्रुसले यो सिजन आफूहरूका लागि बिर्सनालयक भएको बताउँदै अबको ध्यान नयाँ सिजनमा केन्द्रित हुने बताए । ‘नढाँटी भन्दा यो सिजन हाम्रा लागि ज्यादै खराब रह्यो । फुबटलमा सधैं एकनास हुँदैन,’ उनले भने, ‘हामी अर्को सिजन राम्रो गर्न प्रयास गर्नेछौं ।’

प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार १४:०४
Loading...