मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय टोली घोषणा, को–को परे ?

काठमाडौं, जेठ ६
मलेसिया र चाइनिज ताइपेईविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय टोली घोषणा गरिएको छ । आज राष्ट्रिय फुटबल टोलीका प्रमुख कोच योहान कालिनले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

सार्वजनिक टोलीमा फरवार्ड विमल घर्तीमगर, हेमन गुरुङ र भरत खवासलाई राखिएको छैन । उनीहरू ३ जनै पूर्ण रूपमा फिट नभएको प्रशिक्षकले बताएका छन् ।

विमल, हेमन र भरत केही समयअघि मात्रै प्रशिक्षणमा फर्किए पनि उनीहरूलाई प्रशिक्षकले टोलीमा राखेनन् । उनले दीर्घकालीन रूपमा टिमलाई राम्रो बनाउन फिट नभएका खेलाडीमाथि जोखिम नमोलेको कालिनले बताए ।

खेल तालिकाअनुसार नेपालले आगामी जुन २ मा मलेसियासँग पहिलो खेल खेल्दा जुन ६ तारिखमा चाइनिज ताइपेईसँग खेल्दैछ ।

यस्तो छ नेपालको टोली :

गोलरक्षक – किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्डर – विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवी सिलवाल

मिडफिल्डर/फरवार्ड – नवयुग श्रेष्ठ, रोहित चन्द, तेज तामाङ, सुनील बल, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुजल श्रेष्ठ, विमल राना, रविशंकर पासवान, अभिषेक रिजाल, अन्जन विष्ट ।

प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार १२:३२
Loading...