एमबाप्पेलाई एकसाथ दुई उपाधि !

एजेन्सी, जेठ ६
फ्रेन्च क्लब पिएसजीका युवा फरवार्ड केलियन एमबाप्पेले एकसाथ दुई अवार्ड जितेका छन् । २० वर्षीय फ्रेन्च खेलाडीले युनियन नेसन्स डि फुटबलर्स प्रोफेसनल (युएनएफपी) ले दिने दुई अवार्ड पोल्टामा पारेका हुन् ।

एमबाप्पेले एकसाथ लिग वानबाट ‘प्लेयर अफ् दि इयर’ र ‘योङ प्लेयर अफ् दि इयर’को अवार्ड जितेका हुन् ।

जारी सिजन एमबाप्पेले लिग वानमा कूल ३२ गोल गरेका छन् । उनी लिग वान सर्वाधिक गोलकर्ता खेलाडी हुन् । एमबाप्पेले यसअघि सन् २०१७ मा पनि पूर्वक्लब मोनाकाबोट ‘योङ प्लेयर अफ् द सिजन’को अवार्ड जितेका थिए ।

यता, स्पेनिस रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले भने फ्रान्सभन्दा बाहिरबाट खेल्ने सर्वोत्कृष्ट खेलाडीको अवार्ड जिते ।

प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार ०९:३८
Loading...