ला लिगाको इतिहासमा मेस्सीले बनाए नयाँ कीर्तिमान

काठमाडौं, जेठ ६
स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले घरेलु लिग ला लिगामा नयाँ कीर्तिमान बनाएका छन् । उनले सर्वाधिक धेरै पिचिची अवार्ड जित्ने दिवंगत खेलाडी तेल्मो जरराको रेकर्डसँग बराबरी गरेका हुन् ।

गत राति बार्सिलोनाले यो सिजनको अन्तिम खेलमा अवे मैदानमा एइबारसँग २–२ को बराबरी खेल्यो । सोक्रममा मेस्सीले २ मिनेटको बचीमा २ गोल गरे ।

यससँगै मेस्सीले यो सिजन ला लिगामा आफ्नो कूल गोल संख्या ३६ बनाए । उनी ला लिगाका सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।

सर्वाधिक गोलकर्ता बनेसँगै मेस्सीले एथ्लेटिको बिल्बाओका दिवंगत स्पेनिस खेलाडी जरराले ला लिगामा बनाएको ६ सिजन पटक सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेका हुन् ।

अब मेस्सी जररा र ला लिगामा सबैभन्दा धेरै सिजनका गोलकर्ता खेलाडी बनेका छन् । दुवैजना समान ६–६ सिजन ला लिगाको सर्वाधिक गोकलर्ता बनेका छन् ।

जरराले सिजन १९४४–४५, १९४५–४६, १९४६–४७, १९४९–५०, १९५०–५१, १९५२–५३ गरी ६ पटक ला लिगाको सर्वाधिक गोलकर्ता बनेका थिए ।

यता, मेस्सीले ला लिगामा सिजन २००९–१०, २०११–१२, २०१२–१३, २०१६–१७, २०१७–१८ र यो सिजन २०१८–१९ गरी ६ पटक सर्वाधिक गोलकर्ता बने ।

ला लिागमा रहेक सिजन सर्वाधिक गोलकर्ता खेलाडीलाई पिचिची अवार्ड दिइन्छ । अब यो अवार्ड जर्रा र मेस्सीको दुवैको नाममा समान ६–६ भएको छ ।

प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार ०४:५५
Loading...