मेस्सीले पूरा गरे ५० गोल, बने पहिलो खेलाडी !

काठमाडौं, जेठ ५
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले यो सिजन ५० गोल पूरा गरेका छन् । आइतबार ला लिगाको अन्तिम खेलमा एइबारविरुद्ध २ गोल गर्दै मेस्सीले यो सिजनको ५०औं गोल पूरा गरेका हुन् ।

यससँगै मेस्सी यो सिजन युरोपका टप–५ लिगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले सबैखाले प्रतियोगिताबाट बार्सिलोनाका लागि ५० गोल पूरा गरेका हुन् ।

एइबारको घरमा भएको खेलमा मेस्सीले खेलको ३१औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि उनले लगत्तै ३२औं मिनेटमा दोस्रो गोल गरे, जुन उनको यो सिजनको ५०औं गोल थियो ।

यो सिजन मेस्सीले च्याम्पियन्स लिमगा १२ गोल गर्दा ला लिगामा गोल संख्या ३६ पुगेको छ । बाँकी गोल कोपा डेल रे फुटबलमा गरेका छन् ।

मेस्सीले सबैखाले प्रतियोगितामा कूल ४८ खेल खेल्दै ५० गोल पूरा गरेका हुन् ।

प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार १५:२१
Loading...