सिजनको अन्तिम खेलमा आफ्नै घरमा रियल मड्रिडको लज्जास्पद हार !

काठमाडौं, जेठ ५
ला लिगाअन्तर्गत सिजन २०८१/१९ को अन्तिम खेलमा रियल मड्रिडले आफ्नै घरेलु मैदानमा लज्जास्पद हार व्यहोरेको छ । आइतार अपराह्न भएको लिगको ३८औं खेलमा रियललाई पाहुना टोली रियल बेटिसले ०–२ को नमिठो हार चखायो ।

सान्टियागो बेर्नाबेउमा भएको खेलमा स्टार फरवार्ड ग्यारेथ बेललाई बेन्चमा राखेर मैदान उत्रेको रियलका कुनै पनि फरवार्ड नचल्दा गोलविहीन हुँदै अन्तिम खेलमा नहिठो हार भोग्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बेटिसले २ वटै गोल दोस्रो हाफमा गरेको थियो । उसका लागि ६१औं मिनेटमा लोरे मोरनोले पहिलो गोल गरेका थिए ।

त्यसपछि बराबरी गोलको खोजीमा रहेको रियलले खेलको ७५औं मिनेटमा दोस्रो गोल खायो । बक्सभित्र रियलका खेलाडीका माझबाट जोसेले निकै दर्शनीय गोल गरेर खेल ०–२ बनाए । जोसे रियलका पूर्वखेलाडी पनि हुन् । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गाल निस्कन सकेन । र, खेल बेटिसले ०–२ ले जित्यो ।

आजको खेलमा रियलका प्रशिक्षक जिनेदिन जिदानले वेल्स स्टार ग्यारेथ बेललाई मैदानमा उतारेनन् । यसअघि दुई खेलमा उनले बेललाई टोलीमै राखेका थिएनन् ।

यससँगै रियलले यो सिजन नमिठो हारबाट टुंगाएको छ । यो हारपछि रियल ३८ खेलबाट ६८ अंक बनाएर तेस्रो स्थानमा रहँदै सिजन पूरा गरेको छ । यता, विजयी बेटिसले ३८ खेलबाट ५० अंक बनायो । उसले आफूलाई १०औं स्थानमा राखेर सिजन पूरा गर्यो ।

प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार १२:०५
Loading...