‘एलेग्रीको बिदाइ’मा आज युभेन्टस एट्लान्टासँग आफ्नो घरमा खेल्दै

काठमाडौं, वैशाख ५
इटालियन सिरी ‘ए’ फुटबलमा आज लिग च्याम्पियन युभेन्टस लिगको ३७औं खेल खेल्दैछ । उसले यो खेलका लागि एट्लान्टालाई आफ्नो घरलु मैदानमा स्वागत गर्दैछ ।

आजको खेल प्रशिक्षक मासिमिलानो एलेग्रीका लागि अन्तिम होम म्याच हुनेछ । आगामी सिजनबाट एलेग्री युभेन्टसको प्रशिक्षकबाट बिदा हुँदैछन् ।

पाँच सिजनदेखि युभेन्टसको प्रशिक्षक रहेका एलेग्री आगामी सिजनबाट क्बलमा नहुने क्लबले २ दिनअघि औपचारिक रूपमै पुष्टि गरिसकेको छ । तसर्थ, आज युभेन्टस सिजनको अन्तिम होम म्याचमा जित निकालेर आफ्ना प्रशिक्षकलाई बिदाइ गर्ने योजनामा छन् ।

खेल युभेन्टस स्टेडियममा आज राति १२ः१५ बजेबाट सुरु हुनेछ । युभेन्टसका लागि यो सिजनको अन्तिम घरेलु मैदानको खेल हुनेछ ।

युभेन्टस हाल ३६ खेलपछि ८९ अंक बनाएर लिगको शीर्ष स्थानमा छ । एट्लान्टा ६५ अंकसहित चौथो स्थानमा छ ।

एट्लान्टाका लागि भने यो खेल निकै महत्त्वपूर्ण हुनेछ । ऊ यो सिजन टप–४ मा रहेर अर्को सिजन चयाम्पियन्स लिगमा छनौट हुने दौडमा छ ।

च्याम्पियन्स लिग पक्का गर्न आज एट्लान्टामाथि युभेन्टसलाई हराउनुपर्ने दबाब छ । यदि पराजित भए उसको टप–४ खतरामा पर्न सक्छ ।

प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार ०५:२१
Loading...