लेवान्डोस्की चौथोपटक सर्वाधिक गोलकर्ता

काठमाडौं, जेठ ५
पोलिस फरवार्ड रावेर्ट लेवान्डोस्की चौथोपटक घरेलु लिग बुन्डेसलिगाको सर्वाधिक गोलकर्ता बनेका छन् । गत राति बार्यन म्युनिखले आफ्नो अन्तिम खेलमा फ्रान्कफुर्टलाई हराएर जारी सिजनको उपाधि जितेको थियो ।

लेवान्डोस्कीले जारी सिजन कूल २२ गोल गरे । ३३ खेल खेल्दै २२ गोल गर्दा उनले ७ गोलका लागि असिस्टसमेत गरे ।

यससँगै लेवान्डोस्की चौथोपटक लिगको सर्वाधिक गोलकर्ता खेलाडी बनेका छन् । उनीपछि बोरुसिया डर्टमुन्डका पाको अल्कासेर १८ गोलसहित दोस्रो स्थानमा रहे ।

जारी सिजन लेवान्डोस्कीले बार्यनका लागि सबैखाले प्रतियोगिताबाट ३५ गोल गरेका छन् । बार्यनले अझै डिएफबी कपको फाइनल खेल खेल्न बाँकी नै छ । यो खेल ६ दिनपछि आरबी लेपेइजसँग हुँदैछ ।

प्रकाशित मिति May 19, 2019
Loading...